कुलमानले आर्थिक घोटाला गरे : महेश बस्नेत

२०८१ चैत्र १३, बुधबार

काठमाडौं : नेकपा एमालेका नेता महेश बस्नेतले नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ आर्थिक घोटालामा संलग्न रहेको आरोप लगाएका छन्।

बुधबार सामाजिक सञ्जालमार्फत् एक स्टाटस लेख्दै बस्नेतले घिसिङमाथि भ्रष्टाचारको गम्भीर आरोप लगाएका हुन्। उनका अनुसार घिसिङले चिलिमे हाइड्रोपावर कम्पनीमा रहँदा भ्रष्टाचार गरेको रकमबाट धुलिखेलमा २५ रोपनी जग्गा खरिद गरेको दाबी गरिएको छ।

बस्नेतका अनुसार घिसिङले लामा कन्स्ट्रक्सनमा १ अर्ब ५० करोड रुपैयाँको सेयर खरिद गरेका छन्। त्यस्तै, घिसिङ कार्यकारी निर्देशक बनेको एक महिनाभित्रै उनका दाजुभाइ गणेश घिसिङ, अनिल घिसिङ, सानुकान्छा घिसिङ र सुशेर घिसिङको नाममा ‘तेण्डल हार्डवेर प्रा.लि.’ कम्पनी दर्ता गरिएको दाबी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
2

ताजा समाचार