काठमाडौं : पछिल्ला केही दिनहरूमा हिन्दु कुश क्षेत्रमा लगातार भूकम्प गइरहेको छ ।
बिहीबार अफगानिस्तान केन्द्रबिन्दु भएर अर्को भूकम्प गएको छ । दिउँसो १ बजेर ५८ मिनेट जाँदा गएको सो भूकम्पको तीव्रता ५.२ रेक्टर स्केलको थियो । भूकम्पको केन्द्र अफगानिस्तानको हिन्दु कुश क्षेत्रमा रहेको थियो । यसको झट्का भारतको कश्मीरसम्म महसुस गरिएको थियो ।
हालसम्म भूकम्पबाट भएको क्षतिको कुनै विवरण आएको छैन ।





