प्रधानमन्त्रीले जवाफ नदिएसम्म सदन चल्न दिदैनौँ : माधव सापकोटा

२०८१ चैत्र १४, बिहीबार

काठमाडौं : नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद जवाफ नदिएसम्म संसद चल्न नदिने बताएका छन्।

बिहीबार संसद भवनबाहिर पत्रकारसँग उनले यस्तो बताएका हुन्। उनले संसदले बनाएको प्रधानमन्त्री संसदप्रति जवाफदेही हुनुपर्ने बताए। नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद जवाफ नदिएसम्म संसद चल्न नदिने बताएका छन्। बिहीबार संसद भवनबाहिर पत्रकारसँग उनले यस्तो बताएका हुन्। उनले संसदले बनाएको प्रधानमन्त्री संसदप्रति जवाफदेही हुनुपर्ने बताए।

उनले सरकारलाई खबरदारी गर्ने थलो संसद नै भएको बताए। उनले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशकलाई मन्त्रिपरिषद्को निर्णयले पदमुक्त गरेकाले विपक्षी दलहरूले प्रधानमन्त्रीले नै जवाफ दिनुपर्ने माग गरेको बताए। कुशासनको बाटोमा लागेको सरकारलाई विपक्षीहरूले सुशासनको बाटोमा आउन खबरदारी गरेको उनको भनाइ छ।

‘प्रधानमन्त्री संसदले नै जन्माएको हो, बनाएको हो। सरकारलाई खबरदारी गर्ने जनउत्तरदायी बनाउने, जवाफदेही बनाउने थलो संसद हो तर सरकार स्वेच्छाचारी ढंगले निरंकुश तरिकाले आफ्नो सुरमा कुसाशन गरिराख्ने परिस्थिति छ,’ उनले भने, ‘हामीले सुशासनको लयमा आउनुहोस् भन्दा नटेर्ने, जवाफ नदिने, संसदलाई नटेर्ने जे हर्कत गरिराखेको छ, त्यसलाई समेत मध्यनजर गरेर पछिल्लो समय नेपाल विद्युत प्राधिकरणमा सरकारले जुन ढङ्गले झम्टँदै आइराखेको थियो पछिल्लो समय जे निर्णय गर्‍यो यसबारे के कस्तो कारण यी सबै घटनाक्रम भयो भनेर हामीले प्रधानमन्त्रीबाटै जवाफको माग गरेका हौँ। प्रधानमन्त्री र सरकार संसदप्रति जिम्मेवार छैन भन्ने कुरा पनि आजको घटनाले पुष्टि गरेको छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार