३० हजार घुससहित सई खड्का पक्राउ

२०८१ चैत्र १४, बिहीबार

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित रुपन्देहीमा कार्यरत एक जना प्रहरी नायब निरीक्षक (सई) लाई नियन्त्रणमा लिएको छ ।

बुटवलस्थित अख्तियार कार्यालयबाट खटिएको टोलीले प्रहरी चौकी हाटी बनगाई दुर्गौलियामा कार्यरत सई खिमबहादुर खड्कालाई ३० हजार रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिएको हो । रुपन्देहीको दुर्गौलिया नाका हुँदै भारतबाट अवैधरूपमा घरायसी सामान भित्र्याउन सहजीकरण घुस लिइसकेको अवस्थामा खड्कालाई मायादेवी गाउँपालिका-६ बाट बुधबार नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।

खड्कामाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

ताजा समाचार