काठमाडौं : चेक बाउन्सको कसुरमा पक्राउ परेका जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपक गौतम मिलापत्र गरेर छुटेका छन्।
प्रहरी वृत्त बानेश्वरले उनलाई बुधबार पक्राउ गरेको थियो। गौतमविरुद्ध जिल्ला प्रहरी कार्यालय काभ्रेमा पनि उजुरी परेकोमा पैसा दिई मिलापत्र गरेर छुटेका हुन्।
विगतमा उनले आयोजना गरेका कार्यक्रमको भुक्तानीको विवाद प्रहरीमा पुगेपछि उनी पक्राउ परेका थिए।





