ठाकुरराम क्याम्पस स्ववियु अध्यक्षमा शेखरनिकट यादव विजयी

२०८१ चैत्र १४, बिहीबार

काठमाडौं : वीरगञ्जको ठाकुरराम क्याम्पस स्ववियु सभापतिमा राजकुमार यादव निर्वाचित भएका छन्।

नेविसंघबाट टिकट नपाएपछि उनले प्यानलसहित स्वतन्त्र उम्मेदवारी दिएका थिए। उनलाई नेता शेखर कोइरालानिकट नेविसंघको सहयोग थियो।यादव १११५ मतसहित बिहीबार स्ववियु अध्यक्षमा निर्वाचित भएका हुन्।

नेविसंघका आधिकारिक उम्मेदवार विकास मण्डल धानुकले ६५३ मत ल्याएका थिए भने समाजवादी विद्यार्थी युनियनका उम्मेदवार हरिकिशोर यादवले ५६२ मत ल्याएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार