काठमाडौं : लुम्बिनी प्रदेशको दोस्रो आवधिक योजना स्वीकृत भएको छ ।
बिहिवार दिउँसो बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले यसलाई स्वीकृत गर्दै गरेको हो । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सम्पन्न बैठकले प्रदेशको दोस्रो आवधिक योजना स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिए ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयको प्रस्ताव अनुसार २०८२ सालका लागि सार्वजनिक बिदा स्वीकृत गरिएको छ । नेपाल सरकारले वर्षभर दिने सार्वजनिक विदाका अतिरिक्त प्रदेशका सरकारी कार्यालयहरुमा बढीमा ६ दिन अतिरिक्त सार्वजनिक बिदा दिन सकिने व्यवस्था छ । जस अन्तरगत लुम्बिनी प्रदेशले पाँच दिन सार्वजनिक विदा दिने प्रस्ताव स्वीकृत गरेको हो ।





