बढ्यो सुनको मूल्य, बनायो नयाँ रेकर्ड

२०८१ चैत्र १५, शुक्रबार

काठमाडौं : शुक्रबार छापावाल सुनको मूल्य १४ सय रूपैयाँले बढेको छ ।

बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७४ हजार ८ सय रूपैयाँ कायम भएकोमा आज १ हजार ४ सय रूपैयाँले बढेर १ लाख ७६ हजार २ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार चाँदीको मूल्य प्रतितोला २ हजार २० रुपैयाँ कायम भएकोमा आज २० रूपैयाँले बढेर २ हजार ४० रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
2
+1
0
+1
0

ताजा समाचार