रामेछापबाट लुक्ला उडेको समिटको विमानमा प्राविधिक समस्या, फर्कियो रामेछाप

२०८१ चैत्र १५, शुक्रबार

काठमाडौं : रामेछापबाट लुक्लाका लागि उडेको समिट एयरको जहाजमा प्राविधिक समस्या आएपछि पुनः रामेछाप नै अवतरण गरेको छ ।समिट एयरको जहाज आज शुक्रबार बिहान ८ः४५ बजे उडेको केही बेरमै इन्डिकेटरमा समस्या देखिएपछि रामेछाप नै फिर्ता भएको छ ।

‘यो सामान्य प्राविधिक समस्या हो,’ त्रिभुवन विमानस्थलका एक अधिकारीले भने, ‘जहाज रामेछापमै अवतरण गरी पार्किङ बेमा पुगेको छ । अब प्राविधिक जाँचपछि मात्र जहाज उडाउन मिल्ने वा नमिल्ने भन्ने थाहा हुन्छ ।’

समिट एयरको १८ सिट क्षमतायुक्त ‘एलईटी४१०’ सिरिजको यो जहाज अहिले रामेछाप मन्थली विमानस्थलमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार