म्यानमारमा शक्तिशाली भूकम्प, बैंककसम्म धक्का

२०८१ चैत्र १५, शुक्रबार

काठमाडौं : जर्मन रिसर्च सेन्टर फर जियोसाइन्सेस (जीएफजेड) का अनुसार, शुक्रबार बिहान म्यानमारमा ६.९ म्याग्निच्युडको भूकम्प गएको छ।

समाचार संस्था सिन्ह्वाका अनुसार भूकम्पको केन्द्रबिन्दु जमिनबाट १० किलोमिटर गहिराइमा रहेको र यसको स्थान २१.९० डिग्री उत्तर अक्षांश र ९५.६५ डिग्री पूर्व देशान्तरमा रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।

समाचार संस्था रोयटर्सका अनुसार भूकम्पपछि थाइल्यान्डको राजधानी बैंककमा सयौं मानिसहरू भवनबाट बाहिर निस्किएका थिए । बैंककमा प्रत्यक्षदर्शीहरूका अनुसार, मानिसहरू आतंकित हुँदै सडकमा निस्किए छन् ।

 

भूकम्पपछि म्यानमारमा तत्काल कुनै क्षतिको विवरण प्राप्त भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

ताजा समाचार