सरकारको लापरवाहीले पार्टी कार्यालय तोडफोड भयो : घनश्याम भुसाल

२०८१ चैत्र १५, शुक्रबार

काठमाडौं : सरकारले सुरक्षा प्रदान गर्न नसक्दा नेकपा एकीकृत समाजवादीले आफ्नो पार्टी कार्यालयमा आक्रमण, तोडफोड र आगजनी भएको जनाएको छ ।

राजावादीहरुले प्रदर्शनका क्रममा पार्टी कार्यालय जलाएपछि आयोजित पत्रकार सम्मेलन गर्दै महासचिव घनश्याम भुसालले अराजक पश्चगामी तत्वहरु प्रवेशगरी तोडफोड गर्नुका साथै कागजात र फर्निचार जलाएको जनाए ।

उनले सुरक्षाका लागि सरकारलाई पटक पटक आग्रह गर्दा पनि सुरक्षा दिन नसकेको भन्दै सरकारले लापरवाही गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार