वडा सदस्यको मृत्युमा सार्वजनिक बिदा

२०८१ चैत्र १५, शुक्रबार

काठमाडौं : वडा सदस्यको मृत्युमा शोक मनाउन ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले चैत १७ गते आइतबाार एकदिन सार्वजनिक बिदा दिएको छ ।

पालिका अध्यक्ष राजन लिम्बूले अध्यक्ष स्तरीय निर्णय गर्दै बिदा दिएका हुन् । फक्ताङलुङ गाउँपालिकाका वडा नं ४ इखाबुका वडा सदस्य दिलमाया विकको मृत्यु भएको र शोक मनाउन चैत १७ गते एकदिनका लागि पालिकाभरी सार्वजनिक बिदा दिएको उनको निर्णय छ ।

पालिकाले बिकको मृत्युसँगै पालिकाका एक सालिन र कुशल जनप्रतिनिधि गुमाएको भन्दै दुःख व्यक्त समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार