केपी ओलीको चरित्र थाह पाएर त्यतातिर गईन : माधव नेपाल

२०८१ चैत्र १५, शुक्रबार

काठमाडौँ : नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपालले अहिलेका शासकका कारण जनताले दुःख पाइरहेको बताए । उनले तेस्रो प्रणाली अर्थात् समाजवादी व्यवस्था ल्याउनुपर्ने बताए ।

चार दलको समाजवादी मोर्चाले शुक्रवार काठमाडौँमा आयोजना गरेको जनसभामा उनले आजको यो कार्यक्रम नेपालको राजनीतिमा कास्टिङ मात्र हो, शाहीतन्त्र कुनै हालतमा फर्किन सक्दैन भन्दै जनता स्वाधिन भएका छन्, उनीहरु कसैको दासत्व स्विकार गर्न तयार नरहेको बताए ।

उनीहरुले देशका कति लुटे, कति चुसे त्यो घटनाक्रमहरु सम्झियौं भने सबै कुरा छर्लङ हुँदैन र भन्दै उनले वंशको शासन ल्याउन कसैले कुचेस्टा गरे भने ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिए । देशमा सबैतिर निराशा छ, मिटरव्याज पीडितको समस्या छ, सहकारी, सकुम्बासीको समस्या छ, दलितहरुको त्यस्तै विजोग छ भन्दै उनले सरकारलाई गीत गाउन मात्र मतलब छ, म त ढले ढले गीत गाइरहेको टिप्पणी गरे ।

स्वर्ग जानु पर्यो भने सँगै, नर्क जानु पर्यो भने सँगै भनेका केपी ओलीले प्रचण्डलाई लाती हानेर नर्क पुर्याइ दिएको स्मरण गर्दै उनले प्रधानमन्त्री ओली आफूलाई पनि फकाउन आएको तर चरित्र थाह पाएर त्यतातिर नगएको दावी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

ताजा समाचार