सुनको मूल्य २१०० रुपैयाँले बढ्यो

२०८१ चैत्र १६, शनिबार

काठमाडौं : आइतबार छापावाल सुनको मूल्य १ लाख ७४ हजार १ सय रूपैयाँ कायम भएको थियो। सोमबार छापावाल सुनको मूल्य ६ सय रूपैयाँले घटेर १ लाख ७३ हजार ५ सय रूपैयाँ कायम भएको थियो।

मंगलबार छापावाल सुनको मूल्य २ सय रूपैयाँले घटेर १ लाख ७३ हजार ३ सय रूपैयाँ कायम भयो। बुधबार छापावाल सुनको मूल्य २ सय रूपैयाँले बढेर १ लाख ७३ हजार ५ सय रूपैयाँ कायम भएकोमा बिहीबार फेरि छापावाल सुनको मूल्य १३ सय रूपैयाँले बढेर १ लाख ७४ हजार ८ सय रूपैयाँ कायम भएको भयो।

शुक्रबार छापावाल सुनको मूल्य १४ सय रूपैयाँले बढेर १ लाख ७६ हजार २ सय रूपैयाँ कायम भएको छ। यो साता सुनको मूल्य समग्रमा २१०० रुपैयाँले बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार