काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसले शुक्रबार तीनकुनेमा भएको घटनाको सबै जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने बताएको छ ।
शनिबारपार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले यस्तो निष्कर्ष निकालेको हो । बैठकले घटनाप्रति दु:ख व्यक्त गर्दै उक्त घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजक सविन महर्जनप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।
बैठकले कांग्रेसको अगुवाइमा गणतन्त्रवादी सबै दलसँग एकपटक छलफल गर्ने निर्णय समेत गरेको केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।





