रवीन्द्र र धवललाई भेटेर कमल थापाले भने : चिन्ता नगर्नुस्, हामी छौं

२०८१ चैत्र १७, आईतवार

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशम्शेर जबरालाई भेटेका छन् । शनिबार भद्रकालीस्थित काठमाडौं प्रहरी परिसर कार्यालय पुगेर थापाले मिश्र, जबरा र स्वागत नेपाल लगायतलाई भेटेका हुन् ।

भेटका क्रममा थापाले तीनै जनालाई स्वास्थ्यको ख्याल गर्न र चिन्ता नगर्न आग्रह गरेको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । आफूहरुलाई भेट गर्न आएकोमा थापालाई तीनै जनाले आभार प्रकट गरेका थिए।भेट गर्न थापासँगै राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौला सहितका नेताहरु भद्रकाली पुगेका थिए ।

तीनकुनेमा हिंसात्मक प्रदर्शनपछि उपाध्यक्ष मिश्र र महामन्त्री जबरासहितलाई प्रहरीले शुक्रबार राति नै पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार