हलेसीमा निःशुल्क आँखा शिविर : ६०३ जनाले लिए सेवा

२०८१ चैत्र १७, आईतवार

खोटाङ : नेपाल नेत्रज्योति सङ्घले हलेसी बजारमा आयोजना गरेको निःशुल्क शल्यक्रियासहितको आँखा शिविरबाट ६०३ जना लाभान्वित भएका छन्।

लहानको सगरमाथा चौधरी आँखा अस्पतालको प्राविधिक सहयोग र हलेसी तुवाचुङ नगरपालिकाको आर्थिक सहायतामा चैत १४, १५ र १६ गते चलेको शिविरमा १०७ जनाको आँखाको शल्यक्रिया गरिएको छ।

शिविरमा ४४५ जनालाई औषधि र ७५ जना ज्येष्ठ नागरिकलाई चस्मा दिइएको नेपाल नेत्रज्योति सङ्घका अध्यक्ष इन्द्र कसजूले राससलाई बताए।यो शिविरमा सगरमाथा चौधरी आँखा अस्पताल लहानका मुख्य शल्य चिकित्सक डाक्टर दिवाकर चौधरीसहित १६ जनाको प्राविधिक टोली खटिएको थियो। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार