हिरासतमा रहेकी अमेरिकी महिला तालिबानद्वारा रिहा

२०८१ चैत्र १७, आईतवार

काबुल : दुई महिनाअघि अफगानिस्तानमा हिरासतमा लिइएकी अमेरिकी महिला नागरिक फेय हललाई तालिबानले रिहा गरेको छ। अफगानिस्तानका लागि पूर्वअमेरिकी विशेष दूत जाल्मे खलिलजादले यसको पुष्टि गरेका हुन्।

जाल्मे खलिलजादले रिहा भएपछि सामाजिक सञ्जाल प्लेटफर्म एक्समा फेय हलको भिडियो पोस्ट गरेका छन्। यसमा फेय हलले डोनाल्ड ट्रम्पलाई धन्यवाद दिइरहेकी छिन्। जाल्मे खलिलजादले फेय हलको रिहाइको लागि अफगानिस्तान र संयुक्त राज्य अमेरिकाबिच मध्यस्थता गरेकोमा कतारलाई धन्यवाद दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार