काठमाडौं : आइतबार छापावाल सुनको मूल्य ६ सय रूपैयाँले बढेको छ ।
शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७६ हजार २ सय रूपैयाँ कायम भएकोमा आज ६ सय रूपैयाँले बढेर १ लाख ७६ हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार चाँदीको मूल्य प्रतितोला २ हजार ४० रुपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले घटेर २ हजार २५ रूपैयाँ कायम भएको छ ।





