सदनको गतिरोध हटाउन सभामुखको प्रमुख सचेतकहरूसँग छलफल

२०८१ चैत्र १७, आईतवार

काठमाडौँ : प्रतिनिधिसभामा भइरहेको गतिरोध हटाउन सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन् । संसद् भवन नयाँ वानेश्वरमा सभामुख घिमिरेले प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेको प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए ।

विपक्षी दलहरूले सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलामान घिसिङलाई हटाएकोबारे प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा जवाफ दिनुपर्ने माग गर्दै बुधवारबाट प्रतिनिधिसभामा अवरोध गर्दै आएका छन् । बुधवार र बिहीबार सदनमा जवाफ नदिने बताएका प्रधानमन्त्री ओलीले शुक्रवार भने सोमबार प्रतिनिधिसभामा जवाफ दिने जानकारी गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार