विश्वविद्यालयहरूमा प्रदर्शन गरिरहेका विदेशी विद्यार्थीलाई देश छोड्न अमेरिकाको आदेश

२०८१ चैत्र १७, आईतवार

वासिङ्टन डीसी : अमेरिकाको विदेश मन्त्रालयले अमेरिकी विश्वविद्यालयहरूमा विरोध प्रदर्शन गरिरहेका सयौँ विदेशी विद्यार्थीहरूलाई इमेल पठाएको छ । यी इमेलहरूमा विद्यार्थीहरूलाई आफैँ अमेरिका छोड्न अर्थात् स्व–निर्वासित हुन भनिएको छ । सामाजिक सञ्जालमा अमेरिकाविरुद्ध पोस्ट गर्ने वा ती पोस्टहरूलाई लाइक गर्ने विद्यार्थीहरूलाई पनि यस्तै इमेलहरू पठाइएको छ ।

यसअघि मार्च २७ मा अमेरिकी विदेशमन्त्री मार्काे रुबियोले राष्ट्रविरोधी गतिविधिमा संलग्न विदेशी विद्यार्थीहरूको भिसा रद्द गर्ने घोषणा गरेका थिए । अहिलेसम्म ३०० जना यस्ता विद्यार्थीमाथि कारबाही भइसकेको छ ।

विदेश मन्त्रालयले एआई एप क्याच एण्ड रिभोक पनि सुरु गरेको छ । यस एपको सहयोगमा हमास वा अन्य आतङ्कवादी सङ्गठनहरूलाई समर्थन गर्ने विदेशी विद्यार्थीहरूको पहिचान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार