पूर्वराजालाई कारबाही गर्न सरकारलाई बाबुराम भट्टराईको सुझाव

२०८१ चैत्र १७, आईतवार

काठमाडौं : नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले शुक्रबारको घटना पूर्वराजा ज्ञानेन्द्र शाहकै निर्देशनमा भएको भन्दै दलहरुले एक भएर आवश्यक कारबाही अगाडि बढाउनुपर्ने बताएका छन् ।

गणतन्त्र पक्षधर दलहरुको सिंहदरबारमा बसेको बैठकमा आफ्नो धारणा सुरुमै राखेर बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै यस्तो बताएका हुन् ।

आफूहरु उदार भएर पूर्वराजा ज्ञानेन्द्र शाहले आफूलाई अहिलेसम्म पनि राजाकै रुपमा प्रस्तुत गरेको भट्टराईले टिप्पणी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

ताजा समाचार