घट्यो डिजेल र मट्टीतेलको मूल्य

२०८१ चैत्र १९, मंगलवार

काठमाडौं : नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ ।

सोमबार राति १२ बजेबाट लागु हुने गरी निगमले डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको हो । पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ । त्यस्तै, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर सात रुपैयाँ, अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिकिलो लिटर अमेरिकी डलर ५१ ले घटाइएको छ ।

पोखरा र भैरहवामा भने ब्रेक इभेन प्वाइन्टअनुसार मूल्य कायम गरिएको निगमले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार