दाउरा खोज्न वन गएका वृद्धको भीरबाट लडेर मृत्यु

२०८१ चैत्र १९, मंगलवार

हेटौंडा : मकवानपुरमा भीरबाट लडेर एक वृद्धको मृत्यु भएको छ । वकैया गाउँपालिका–६ सुदाका ९८ वर्षीय जीतबहादुर लामाको भीरबाट लडेर मृत्यु भएको हो ।

वकैया गाउँपालिका–५ राजदमारस्थित गितावर सामुदायिक वनको भीरबाट खसेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । वनमा दाउरा खोज्न गएका लामा भीरबाट करिब ३० मिटर तल खसेका थिए ।

उनको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष लक्ष्मी जिम्वाले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार