तपाईको निलम्बन फुकुवा गर्न मैले सक्दिनँ : सभामुख घिमिरे

२०८१ चैत्र १९, मंगलवार

काठमाडौं : सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पदको निलम्बन फुकुवा गर्न नसकिने बताएका छन्।

आफ्नो सांसद पद फुकुवाको मागसहित सभामुख घिमिरेलाई भेट्न पुगेका लामिछानेसहित रास्वपाको टोलीलाई उनले फुकुवा गर्ने अधिकार आफूसँग नभएको बताएको सभामुखका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिए। ‘सांसद पद सभामुखको हैसियतले मैले निलम्बन गरेको होइन। मैले सूचनामात्रै जारी गरेको हो।

कानुनले सम्पत्ति शुद्धीकरण मुद्दा दायर भएपछि निलम्बन हुने व्यवस्था गरेको छ। मैले निलम्बन फुकुवा गर्न सक्दिनँ’ सभामुखलाई  उदृत गर्दै उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
1
+1
2
+1
0
+1
3
+1
1

ताजा समाचार