सांसद बोहराको शव हेलिकप्टरबाट गृहजिल्ला भैरहवा लगिंदै

२०८१ चैत्र १९, मंगलवार

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक बोहराको पार्थिव शरीर आज हेलिकप्टरमार्फत उनको गृहजिल्ला भैरहवा लगिँदैछ।

मंगलबार बिहान उपचारको क्रममा काठमाडौँको ओम अस्पतालमा बोहराको ७६ वर्षको उमेरमा निधन भएको थियो। राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार आज भैरहवा पुर्‍याएर शव आजै फेरि काठमाडौँ फर्काइनेछ।

‘उहाँको शव आज हेलिकप्टरमा भैरहवा लगिनेछ। त्यहाँ जिल्ला पार्टी कार्यालयमा श्रद्धाञ्जली कार्यक्रम हुनेछ,’ उनले भने, ‘शव आजै काठमाडौँ ल्याइनेछ। भोलि पार्टी केन्द्रीय कार्यालयमा अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिनेछ। भोलि नै पशुपति आर्यघाटमा अन्त्येष्टि हुनेछ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

ताजा समाचार