प्रधानमन्त्रीलाई रामहरि खतिवडाको सुझाव: गियर परिवर्तन गर्नुपर्छ, अहिले कसैको चित्त बुझेको छैन

२०८१ चैत्र १९, मंगलवार

काठमाडौं : नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकार सुस्ताएको भन्दै गियर चेञ्ज गर्न भनेका छन् । उनले सरकारको कामबाट आफूहरु सन्तुष्ट हुन नसकेको बताए । प्रतिनिधिसभाको बैठबाट बाहिरिने क्रममा उनले सरकारलाई तत्काल गियर परिवर्तन गर्न भनेका छन् ।

उनले अहिले सरकारको कामकारबाहीबाट कसैको पनि चित्त नबुझेको बताए । उनले भने,‘अहिले जनआक्रोश बढेको छ। तीनकुनेमा पनि त्यही देखियो। त्यो घटनाको निष्पक्ष छानबिन हुनुपर्छ। निराशा र कुण्ठित अभिव्यक्तिले मात्रै मुलुक बन्दैन । अहिले सरकार जसरी चलेको छ त्यसले कसैको चित्त बुझेको छैन । गियर परिवर्तन गर्नुपर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार