ईदको अवसरमा यूएई र कतारमा १८४ नेपालीलाई आममाफी

२०८१ चैत्र १९, मंगलवार

काठमाडौँ : विभिन्न कसुरमा सजाय काटिरहेका १६६ जना नेपालीले यूएईमा आममाफी पाएका छन् । ईदको अवसरमा यूएईले उनीहरुलाई आममाफी दिएको हो । परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘रमजानको पवित्र महिना र इदको अवसरमा १६६ नेपाली कैदीहरूलाई उदारतापूर्वक आममाफी प्रदान गरेकोमा संयुक्त अरब इमिरेट्स सरकारप्रति हार्दिक आभार प्रकट गर्दछ ।’

संयुक्त अरब इमिरेट्सको अबुधाबीस्थित नेपाली दूतावासमार्फत नेपाल सरकारको अनुरोधमा आममाफीको निर्णय गरेको हो । मन्त्रालयले नेपाल र संयुक्त अरब इमिरेट्स बीचको द्विपक्षीय सम्बन्धमा सौहार्दताको प्रतीकको रूपमा मानवीय आधारमा यस प्रकारको क्षमादानलाई उच्च मूल्याङ्कन गर्ने उल्लेख गरेको छ ।

यसअघि कतार सरकारले पनि विभिन्न कसुरमा सजाय भुक्तान गरिरहेका १८ जना नेपालीलाई आममाफी दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार