सहमति कार्यान्वयन नभए संसद चल्दैनः माओवादी केन्द्र

२०८१ चैत्र १९, मंगलवार

काठमाडौँ : नेकपा माओवादी केन्द्रले विगतको सहमति कार्यान्वयन नभएसम्म संसद बैठक चल्न नसक्ने चेतावनी दिएको छ । मंगलबार बसेको माओवदी केन्द्र बागमती प्रदेश संसदीय दलको बैठकले विगतको सहमति कार्यान्वयन नभएसम्म प्रदेशसभा बैठक चल्न नसक्ने निर्णय गरेको हो ।

सरकारले झुक्काउने र ढाट्ने काम गरेको भन्दै माओवादी संसदीय दलको बैठकले प्रदेशसभा बैठक चल्न नसक्ने निर्णय गरेको सांसद युवराज दुलाल ‘शरद’ले जानकारी दिए । उनकाअनुसार विगतमा सरकारले बजेटमाथिको सहमति गर्दै सांसदहरुको छुटेका योजना समेट्ने जनाएको थियो । सोही सहमतिअनुसार सांसदहरुले संसदीय दलमार्फत योजना उपलब्ध गराए पनि हालसम्म कार्यान्वयन हुन नसकेको उनको भनाई छ ।

सरकार ढाँट र छलबाट अघि बढेको आरोप लगाउँदै आफ्नो गल्ती सच्याएर संसदहरुले पेश गरेका योजनामा बजेट नदिएसम्म संसदको काम कार्वाही अघि बढ्न नसक्ने संसदीय दलको निर्णय रहेको उनको भनाई छ ।

माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक रत्नप्रसाद ढकालकाअनुसार दलको तर्फबाट पेश भएका बजेट कार्यक्रमहरू कार्यान्वयनको चरणमा अघि नबढाएसम्म संसदको गतिविधिहरु अघि बढ्न नसक्ने निर्णय भएको हो । सरकारले प्रतिपक्षसँग गरेका सहमतिअनुसार बजेट कार्यक्रम कार्यान्वयनका चरणमा अघि बढाएर संसद सञ्चालनको वातावरण तयार गर्नुपर्ने उनले बताए ।

उनका अनुसार संसदीय दलको बैठकले सहकारी मन्त्री मधुकुमार श्रेष्ठको स्वकीय सचिवको आत्महत्याको विषयमा संसदीय छानबिन समिति गठन गरेर अघि बढ्नुपर्ने माग राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार