काठमाडौं : मन्त्रिपरिषद्को बैठकले गरेका २४ निर्णय सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सार्वजनिक गरेका छन्।
मंगलबार पत्रकार सम्मेलन गरी उनले १८ चैत र १५ चैतमा बसेको मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गरेका हुन्। १८ चैतमा ८ तथा १५ चैतमा १६ वटा निर्णय भएका छन्।








