मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

२०८१ चैत्र १९, मंगलवार

काठमाडौं : कपिलवस्तुको कृष्णनगर नगरपालिका-१० अमौलीमा मोटरसाइकलको ठक्करबाट कपिलवस्तुमा चार वर्षीया बालिकाको मृत्यु भएको छ ।

हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-१० अमौली बस्ने राजेश यादवकी छोरी ४ वर्षीया ईन्दु यादवको मृत्यु भएको हो । सोमबार दिउँसो भएको दुर्घटनामा गम्भीर घाइते भएकी उनको भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले हाल फरार मोटरसाइकल चालकको खोजी गर्नुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार