पशुपति आर्यघाटमा सांसद बोहोराको अन्त्येष्टि

२०८१ चैत्र २०, बुधबार

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता तथा सांसद् दीपक बोहराको अन्त्येष्टि गरिएको छ। मंगलबार उपचारका क्रममा निधन भएका सांसद बोहराको बुधबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो।

त्यसअघि पशुपति आर्यघाटमा कार्यबहाक प्रधानमन्त्री प्रकाशमान सिंह, सभामुख देवराज घिमिरे, विभिन्न दलका नेतालगायत पुगेर बोहरालाई अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए भने पार्टी बोहराको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाइएको थियो।

मंगलबार बोहराको काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा ७४ वर्षको उमेरमा निधन भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार