गृहमन्त्रीको राजीनामा माग गर्दै राप्रपाले कार्यवाहक प्रधानमन्त्रीलाई बुझायो ध्यानाकर्षणपत्र

२०८१ चैत्र २१, बिहीबार

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले यहीँ चैत १५ गते भएको तीनकुने घटनाका विषयमा छानबिनका लागि गृहमन्त्रीको राजीनामा माग गरेको छ। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा गएको राप्रपाको प्रतिनिधिमण्डलले आज कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई ध्यानाकर्षणपत्र बुझाउँदै यस्तो माग गरेको हो। उक्त घ‍टनामा सरकारको दमनकारी नेतृत्वका कारण जनताको ज्यान गएको बताउँदै गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको ध्यानाकर्षणपत्रमा उल्लेख छ।

यस्तै राप्रपाले सर्वोच्च अदालतका पूर्वन्यायाधीशको अध्यक्षतामा मानव अधिकार आयोग, नागरिक समाज सम्मिलित स्वतन्त्र छानबिन आयोग गठन राप्रपाको माग गरेको छ। साथै उक्त दिन दमनमा नेतृत्व गर्ने प्रहरी प्रमुख र प्रशासनिक नेतृत्वको निलम्बन, मृतकहरू सविन महर्जन र सुरेश रजकलाई सहिद घोषणा तथा क्षतिपूर्तिको व्यवस्था गर्न पनि माग गरेको छ।

साथै राप्रपा नेताहरू रवीन्द्र मिश्र र डा. धवलसम्शेर राणा लगायत अन्यमाथिको झुठा मुद्दा खारेजी र निर्दोषहरूको रिहाई र घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था गर्न ध्यानाकर्षणपत्रमा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार