घाँस काट्ने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु

२०८१ चैत्र २१, बिहीबार

बागलुङ : बागलुङको तमान खोलामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। तनमाखोला गाउँपालिका-१ का ५० वर्षीय इन्द्रबहादुर घर्तीको आफ्नै घर नजिकै रहेको खरबारीमा घाँस काट्ने क्रममा लडेर मृत्यु भएको हो।

भिरबाट झण्डै एक सय मिटर तल खसेका घर्तीको स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि थप उपचारका लागि सिम्रिक एयरको हेलिकप्टर मार्फत मनिपाल हस्पिटल पोखरा पठाइएकोमा अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार