काठमाडौं : साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ। नेप्से ३.३५ अंकले बढेर २७०३.३९ विन्दुमा बन्द भएको छ।
यस दिन कारोबार रकम पनि बढेको छ। बुधबार पाँच अर्ब ४४ करोडको सेयर कारोबार भएकोमा बिहीबार सात अर्ब २३ करोडको कारोबार भएको छ।
यो रकम अघिल्लो दिनको तुलनामा १ अर्ब ७९ करोड रूपैयाँ वृद्धि भएको हो। आज ३२४ वटा धितोपत्रको एक करोड ५५ लाख दुई हजार ९९८ कित्ता सेयर किनबेच भएको हो।
बिहीबार ९३ कम्पनीको सेयर मूल्य बढेको छ भने १५१ वटाको घटेको छ। यसदिन ग्रिन भेन्चर्सको मूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको छ।





