मर्दको बोली, बन्दुकको गोली कहिल्यै फिर्ता हुनु हुँदैन : ज्ञानेन्द्र शाही

२०८१ चैत्र २१, बिहीबार

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा) नेता ज्ञानेन्द्र शाहीले ‘टुकुचामा गाडिहालौँ, छोड्नु हुँदैन’ भनेर फेसबूकमा लेखेका छन्।

यसअघि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले ‘सबैलाई टुकुचामा गाड्छु’ भन्ने अभिव्यक्ति दिएका थिए। बालेनको त्यही अभिव्यक्तिको शब्द सापटी लिँदै शाहीले यस्तो लेखेका हुन्।

‘टुकुचामा गाडिहालौँ, छोड्नु हुँदैन। जबरजस्ती गरे भन्दैमा पछि हटनु हुँदैन। मर्दको बोली, बन्दुकको गोली कहिल्यै  फिर्ता हुनु हुँदैन,’ शाहीले लेखेका छन्। बालेनको त्यो अभिव्यक्तिको सर्वत्र आलोचना भइरहेको बेलामा शाहीले पनि उनैलाई उकास्ने अभिव्यक्ति दिएका हुन्।

आज काठमाडौं महानगरपालिकाको कार्यालय परिसरमा तनाव सृजना भएको थियो। विवाद भएको भन्दै बालेन सरकारले पठाएका प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई प्रवेश नदिने पक्षमा थिए।

उनले उनका प्रहरीलाई पनि सोही निर्देशन दिएका थिए। तर, उपप्रमुखसहितका जनप्रतिनिधि र कर्मचारी मिलेर गुरागाईंलाई महानगर प्रवेश गराएर हाजिरसमेत गराए। यसपछि शाहीले यस्तो लेखेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार