तीनकुनेबाट प्रसाईंले भाग्न प्रयोग गरेको स्कार्पियो इटहरीबाट बरामद

२०८१ चैत्र २१, बिहीबार

काठमाडौं : दुर्गा प्रसाईंले काठमाडौंबाट भाग्न प्रयोग गरेको गाडी प्रहरीले फेला पारेको छ । प्रसाईंले तीनकुनेमा वितण्डा मच्चाएर भाग्दा प्रयोग गरेको गाडी उपत्यका प्रहरी कार्यालयले फेला पारेको हो ।

उपत्यका प्रहरी कार्यालय स्रोतका अनुसार उक्त गाडी इटहरीमा फेला परेको हो । इटहरीबाट उक्त गाडी काठमाडौं ल्याइएको छ । बा ४२०८ नम्बरको स्कारपियो काठमाडौं ल्याइएको हो । चैत १५ मा राजावादीले गरेको प्रदर्शनका जनकमान्डर प्रसाईं थिए । उनकै कमान्डमा रहेको प्रदर्शन अराजक बन्दा २ जनाको ज्यान गएको थियो ।

त्यस्तै, विभिन्न ठाउँमा लुटपाट मच्चिएको थियो । प्रहरी अधिकारीले भने प्रसाईं भागेर भारत पुगेको दाबी गरेका छन् । दुर्गा कुन बाटो हुँदै भारत पुगे भन्नेबारेमा भने अनुसन्धानमा संलग्न अधिकारी नै एकरूपता हुन सकेका छैनन् ।

केही अधिकारीले ललितपुर फर्सीडोल हुँदै पर्साको ठोरी हुँदै भारत भागेको दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
2
+1
1
+1
0
+1
1
+1
1
+1
0

ताजा समाचार