बालेनसँग राज्य नै द्वन्द्वमा उत्रिन कदापि सुहाउँदैन : चन्द्र भण्डारी

२०८१ चैत्र २१, बिहीबार

काठमाडौं : नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग राज्यले द्वन्द्वमा उत्रिन नहुने बताएका छन्।

काठमाडौं महानगरपालिकाको आजको तनावपछि नेता भण्डारीले भनेका छन्, ‘काठमाडौं महानगर प्रमुखसँग राज्य नै द्वन्द्वमा उत्रिन कदापि सुहाउँदैन र राज्यको कर्तव्य पनि होइन। राज्यको आफ्नो गरिमा अभिभावकीय भूमिका निभाउनुमा हुन्छ।’ उनले प्रतिशोधको सीमा कतिसम्म र कहिलेसम्म ? भनेर प्रश्नसमेत गरेका छन्। ‘साना र ठूलामा फरक के ? फिनी हराएको थाहा छैन, गहुँका दानाको गिन्ती,’ उनले उखानमार्फत भनेका छन्।

आज काठमाडौं महानगरपालिकाको कार्यालय परिसरमा तनाव सृजना भएको थियो। विवाद भएको भन्दै बालेन सरकारले पठाएका प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई प्रवेश नदिने पक्षमा थिए।

उनले उनका प्रहरीलाई पनि सोही निर्देशन दिएका थिए। तर, उपप्रमुखसहितका जनप्रतिनिधि र कर्मचारी मिलेर गुरागाईंलाई महानगर प्रवेश गराएर हाजिरसमेत गराए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
2

ताजा समाचार