आईपीएल : कोलकातासँग हैदराबाद ८० रनले पराजित

२०८१ चैत्र २२, शुक्रबार

काठमाडौं : कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा फराकिलो जित हासिल गरेको छ । बिहीबार भएको खेलमा सनराइजर्स हैदराबादलाई ८० रनले हराउँदै कोलकाताले दोस्रो जित निकालेको हो ।

कोलकाताले दिएको २०१ रनको लक्ष्य पछ्याएको हैदराबाद १६.४ ओभरमा १२० रनमा अलआउट भयो । हेनरिच क्लासेनले सर्वाधिक ३३ रन बनाए भने कामिन्दु मेन्डिसले २७ रन बनाए । नितिश कुमार रेड्डीले १९ रन बनाए । कोलकाताका लागि वरुण चक्रवर्तीले ४ ओभरमा २२ रन दिएर ३ विकेट लिए । वैभव अरोराले ४ ओभरमा २९ रन दिएर ३ विकेट लिए । आन्द्रे रसलले २ विकेट लिँदा सुनिल नरायन र हर्शित रानाले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ६ विकेट गुमाएर २०० रन बनाएको थियो । वेकंटेश अय्यरले सर्वाधिक ६० रन बनाए भने अंगकृश रघुवंशीले ५० रन बनाए । हैदराबादका मोहम्मद शामी, प्याट कमिन्स, जीशान अन्सारी, हर्शल पटेल र कामिन्दु मेन्डिसले १-१ विकेट लिए ।

यस जितसँगै ४ खेलमा ४ अंक जोडेको कोलकाता अंकतालिकामा पाँचौं स्थानमा उक्लिएको छ भने समान खेलबाट २ अंक मात्र रहेको हैदराबाद १०औं स्थानमा झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार