७९ जना प्रहरी हवल्दार वरिष्ठ हवल्दारमा बढुवा सिफारिस

२०८१ चैत्र २२, शुक्रबार

काठमाडौं : नेपाल प्रहरीको प्राविधिक समूहतर्फका ७९ जना प्रहरी हवल्दारहरु वरिष्ठ हवल्दारमा बढुवा सिफारिस भएका छन् ।

बिहीबार बसेको बढुवा समितिको बैठकले सञ्चारतर्फका ६४ जना, संगीततर्फका ८ जना, स्वास्थ्य अन्यतर्फ चार जना, केनाईनतर्फ एक जना, सूचनाप्रविधि कम्प्युटरतर्फ एक जना र विधिविज्ञानतर्फ एक जना गरी ७९ जनालाई वरिष्ठ हवल्दारमा बढुवा सिफारिस गरेको हो ।

बढुवाका सिफारिस सूची प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम ४ अनुसार प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार