उपसचिवको लिखित परीक्षाको नतिजा प्रकाशित

२०८१ चैत्र २२, शुक्रबार

काठमाडौँ : लोक सेवा आयोगले उपसचिवमा लिखित परीक्षा दिएकाहरूको नतिजा प्रकाशन गरेको छ ।

आयोगको केन्द्रीय कार्यालयले शुक्रवार सूचना प्रकाशित गर्दै उपसचिवको लिखित नतिजा प्रकाशन गरेको जानकारी दिएको हो । आयोगले न्याय सेवा, कानुन समूहमा परीक्षा दिएका २६६ जनाबाट १० जनालाई लिखित परीक्षामा पास गराएर सूचना निकालेको हो ।

अब अन्तर्वार्ताबाट ४ जना पास हुने आयोगको सूचनामा उल्लेख छ । लिखित पास भएकाहरूको अन्तर्वार्ता आगामी वैशाख १७ गते हुने आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार