काठमाडौं : सहकारी ठगी एवं संगठित अपराधका अभियुक्त रवि लामिछानेलाई पक्राउ गर्ने तयारी गरिएको छ।
पूर्वगृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासले शुक्रबार थुनामा पठाउने आदेश दिएपछि प्रहरीले पक्राउ गरेर रुपन्देही पठाउने तयारी गरेको प्रहरी उच्च स्रोतले जनाएको छ।
‘उच्च अदालतको आदेश अनुसार पुर्पक्षका लागि थुनामा पठाउन पक्राउ गरी पठाइदिनू भनेर रुपन्देही प्रहरीले पत्राचार गर्छ। त्यो पत्र प्राप्त हुनासाथ हामीले पक्राउ गरेर पठाइदिने हो,’ प्रहरी अधिकारीले भने।
न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै थुनामा पठाउने आदेश गरेका हुन्।





