काठमाडौँ : रास्वपा सभापति रवि लामिछानेले प्रहरीमा गिरफ्तारी दिन लागेको दाबी गरेका छन् ।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सहकारी ठगी र संगठित अपराधमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । लामिछानेले गिरफ्तारी दिन लागेको सामाजिक संजाल फेसबुकमा लेखेका छन् ।
‘सम्मानित अदालतको आदेशको सम्मान गर्दै म आफै आजै, अहिले नै गिरफ्तारी दिँदैछु । साथै न्यायालयका अन्य ढोकाहरू मेरा लागि खुल्ला होलान् नै । न्यायका लागि दुनियाँका सबै ढोका ढकढकाउँछु,’ लामिछानेले लेखेका छन् ।
आफूमाथि अन्याय भएको पनि लामिछानेले लेखेका छन् । ‘ममाथि ठूलो अन्याय भएको छ,’ लामिछानेले भनेका छन् । उनले पार्टीको शनिबार आयोजना हुन लागेको चितवनको कार्यक्रम नरोक्न पनि आग्रह गरेका छन् ।






