वीरेन्द्रनगरमा रिजालको घरमा कसले चलायो गोली ?

२०८१ चैत्र २३, शनिबार

सुर्खेत :  शनिबार ‎वीरेन्द्रनगरमा गोली चलेको छ। ‎वीरेन्द्रनगर नगरपालिका–१० बुलबुले टोलस्थित युवराज रिजालको घरमा बिहान अज्ञात स्थानबाट गोली चलेको बताइएको छ। ‎

उक्त गोली छाना छेडेर कोठाभित्र खसेको छ। ‎‎जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक विरेन्द्रविर विश्वकर्माले उक्त घटनाबारे अनुसन्धान भइरहेको बताए। ‎‎

‘यो गोली कताबाट आयो, कसले चलायो यसै भन्न सकिने‌ अवस्था छैन,’ उनले भने, ‘अनुसन्धान भइरहेको छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार