ज्याकलिनकी आमाको निधन

२०८१ चैत्र २४, आईतवार

मुम्बई : अभिनेत्री ज्याकलिन फर्नान्डिसकी आमा किम फर्नान्डिसको आइतबार बिहान निधन भएको छ । उनको अन्तिम संस्कार आजै सान्ताक्रुजमा गरिएको छ ।

उनी कयौँ दिनदेखि मुम्बईस्थित लीलावती अस्पतालमा भर्ना थिइन् । गत २४ मार्चमा किमलाई स्ट्रोक भएको थियो । उनलाई तत्कालै अस्पतालमा भर्ना गरिए पनि उनको अवस्था दिनानुदिन बिग्रिँदै गएको थियो । उनलाई सन् २०२२ मा पनि स्ट्रोक भएको थियो । त्यति बेला उनको बहराइनमा उपचार गरिएको थियो ।

किम मलेसियाका नागरिक थिइन् । उनले एयरहोस्टेजको रूपमा काम गरेकी थिइन् । उनको विवाह श्रीलंकाली व्यवसायी एलरोय फर्नान्डिजसँग भएको थियो । ज्याकलिनसँगै उनका ४ सन्ता रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार