गुडिरहेको बसका चालकलाई हृदयघात

२०८१ चैत्र २४, आईतवार

काठमाडौं : भारतको मध्य प्रदेश राज्यको आगर मालवा जिल्लास्थित कानड क्षेत्रमा गुडिरहेको बसका चालकलाई हृदयघात भएको छ ।

बस गुडिरहेको अवस्थामा हृदयघातका कारण ड्राइभरको मृत्यु भएको थियो भने अनियन्त्रित भएको बसले सडक किनार राखिएका दुई बाइक, होर्डिङ बोर्ड र इँटाको थुप्रोमा टक्कर दिएको बताइएको छ । घटना शनिबार दिउँसो भएको हो । बडोदबाट शुजालपुरतर्फ जाँदै गरेको बस नलखेडा चौबाटोमा पुगेपछि चालक रइस खाँलाई हृदयघात भएको हो । इँटाको थुप्रोमा टक्कर दिएपछि बस रोकिएको बताइएको छ ।

उक्त दुर्घटनामा बसका यात्रीहरू भने सुरक्षित रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार