एनआईसी एशिया बैंकको ऋणपत्र विक्री खुला

२०८१ चैत्र २५, सोमबार

काठमाडौँ : एनआईसी एशिया बैंक लिमिटेडले  ‘७ प्रतिशत एनआईसी एशिया डिबेञ्चर २०९१’ निष्काशन तथा विक्री खुला गरेको छ। बैंकले १० वर्ष अवधिका लागि वार्षिक ७ प्रतिशत ब्याजदरमा ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र जारी गर्न लागेको हो।

कुल निष्काशनमध्ये ३० लाख कित्ता (६० प्रतिशत) व्यक्तिगत तवरबाट र २० लाख कित्ता (४० प्रतिशत) सर्वसाधारणलाई बाँडफाँट गरिनेछ। सर्वसाधारणतर्फको ५ प्रतिशत सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। लगानीकर्ताले २५ कित्ता न्यूनतम र २५ लाख कित्ता अधिकतम आवेदन दिन सक्नेछन्। निष्काशन बन्द छिटोमा चैत २८ गते हुनेछ भने ढिलोमा २०८२ बैशाख ८ गते हुनेछ।

बैंकको धितोपत्र निष्काशन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ। क्रेडिट रेटिङ्गमा बैंकले बीबीबीं रेटिङ्ग पाएको छ, जसले मध्यम सुरक्षित लगानी संकेत गर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार