काठमाडौं : लोक सेवा आयोगले लिएको परिक्षाबाट १८ जना सहसचिवमा सिफारिस भएका छन् ।
जसमा विभिन्न सेवा तथा समूहतर्फ गरेर ११ जना खुला प्रतिस्पर्धाबाट र ७ जना आन्तरिक प्रतिस्पर्धाबाट सहसचिवमा सिफारिस भएका छन् । खुला प्रतिस्पर्धाबाट ११ जना सहसचिवमा सिफारिस हुदाँ कतिपय शाखा अधिकृतबाटै सहसचिवमा सिफारिस भएका छन् भने आन्तरिक प्रतिस्पर्धाबाट सिफारिस हुनेमा भने सबै उपसचिवबाट भएका छन् ।
खुला र आन्तरिक गरेर १८ जना सिफारिस हुदाँ सबैभन्दा बढी प्राविधिक सेवातर्फ ९ जना र दोस्रोमा प्रशासन सेवातर्फ ५ जना सिफारिस भएका हुन् । यस्तै न्याय सेवातर्फ ३ जना र परराष्ट्र सेवातर्फ १ जना सिफारिस भएका छन् । न्याय सेवा अन्तरगत सरकारी वकील समूहतर्फ २ जना र न्याय समूहतर्फ एक जना सिफारिस भएका हुन् ।
खुलातर्फ प्रशासन सेवामा सिफारिस हुनेमा पहिलो नम्बरमा मुकेश डंगोल, दोस्रो नम्बरमा एकदेब अधिकारी र तेस्रो नम्बरमा सफल पोर्तेल सिफारिस भएका छन् भने महिलातर्फ नीता शर्मा र दलिततर्फ लक्ष्मीकुमार बिक सिफारिस भएका छन् ।
खुलाको नेपाल परराष्ट्र सेवातर्फको दलितमा दिपक विक सिफारिस भएका छन् भने खुलाकै नेपाल इन्जिनियरिङ सेवा, सिभिल समूह, हाइवे उपसमूहतर्फ सौजन्य नेपाल सिफारिस भएका छन् ।





