घट्यो सुनको मूल्य

२०८१ चैत्र २६, मंगलवार

काठमाडौं : मंगलबार छापावाल सुनको मूल्य ४ सय रुपैयाँले घटेको छ ।

सोमबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७३ हजार ८ सय रूपैयाँ कायम भएकोमा आज ४ सय रुपैँयाले घटेर १ लाख  ७३ हजार ४ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य भने आज स्थिर रहेको छ । आज चाँदी एक हजार ८३० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । सोमबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।

आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ४८ हजार ६ सय ६५रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ५ सय ६९ रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
2
+1
0
+1
0

ताजा समाचार