रास्वपाले बोलायो सचिवालय बैठक

२०८१ चैत्र २६, मंगलवार

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालयको बैठक बोलाएको छ । महाधिवेशनको तयारीसहितका विषयमा छलफल गर्न बुधबार (चैत २७ मा) गते बस्ने गरी रास्वपाले बैठक बोलाएको हो ।

बैठकमा अघिल्लो बैठकको समीक्षा, पार्टी गतिविधि र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । पार्टीको आगामी महाधिवेशनको तयारी, मिति, स्थान र संगठनात्मक संरचनामा आवश्यक परिमार्जनबारे छलफल हुने रास्वपाले जनाएको छ ।

रास्वपाले पार्टीको आगामी जनयात्रा कार्यक्रम, पार्टीको संगठनात्मक संरचनामा प्रदेश हेर्ने पदाधिकारीको नियुक्ति र केन्द्रीय सदस्यको भूमिकाबारे छलफल गर्ने जनाएको छ । सहकारी ठगी प्रकरणको मुद्दामा सभापति रवि लामिछाने जेल चलान भएपछि रास्वपाको सचिवालयको बैठक बस्न लागेको हो । अदालतको आदेशले रवि सोमबारदेखि भैरहवा कारागारमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार